एजेन्सी
नयाँ दिल्ली । भातमा फेरि एकपटक कोरोना भाइरसले आफ्नो प्रभाव तीव्र गतिमा फैलाउन थालेको छ । हाल भारतमा कोरोना भाइरसका बिरामीको संख्या चार हजार नजिक पुगेको छ । कोरोनाकै कारण चार जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार सम्ममा देशभर कोरोनाका कुल ३९६१ सक्रिय केसहरू फेला परेका छन् । भारतमा कोरोना संक्रमित बढेपछि त्यसको प्रभाव नेपालमा पनि देखिने गरेको छ । भारतमा फैलन सुरु भएको केही समयपछि नेपालमा पनि उच्च दरमा कोरोना संक्रमित भेटिन थालेको पूर्वअनुभव छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका सबैभन्दा बढी नयाँ बिरामी भारतको राजधानी दिल्लीमा भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन दिल्लीमा ४७ जना नयाँ संक्रमित फेला परेका हुन । हाल राजधानी दिल्लीमा सक्रिय कोरोना संक्रमितको संख्या ४८३ पुगेको छ । भारतमा सबैभन्दा धेरै सक्रिय संक्रमित भने केरला राज्यमा छन् । त्यहाँ हाल १४३५ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।
कोरोना भाइरसका हालसम्म मृत्यु हुने चार जनामध्ये दिल्लीमा २२ वर्षीया महिला, तमिलनाडुमा २५ वर्षीय पुरुष, महाराष्ट्रमा ४४ वर्षीय पुरुष र केरलामा एक जना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij