Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

  • 161
    SHARES
  • ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३-००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देविको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

    गाडिमा सवार रहेकामध्ये दुई जना अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडीमा सवार १८ वर्षीय रानी कुमारी यादव (रामनगर) र १९ वर्षीय सरोज ठाकुर (दुर्गाभगवती गाउँपालिका-५, बडहर्वा) घाइते छन् ।

    दुर्घटनापछि ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ निवासी ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर-३ निवासी २१ वर्षीय आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij