वेबटिभी खबर
काठमाडौं । सभामुख देवराज घिमिरेले प्लास्टिकले हाम्रो जीवनमा पार्ने असरबारे ज्ञान भएपनि व्यवहारमा नउतार्दा यसको प्रभाव बढेको बताएका छन् । शुक्रबार डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले प्लास्टिकको प्रयोग नियन्त्रण गर्न व्यवहारिक रुपमा जानुपर्ने बताएका हुन् ।
‘हाम्रो व्यहारमा ज्ञानको अभावमा काम नहुने तर ज्ञान भएपनि काममा नउतार्ने परिपाटी छ । प्लास्टिकले पार्ने असरमा समाजमा ज्ञान प्राप्त हुदैँ आएको छ । तर त्यसलाई न्यून गर्न वा नियन्त्रण गर्नुपर्छ भन्ने व्यवहारीकरुपमा जाने कुराको अभाव छ,’ घिमिरेले भने ।
उनले प्लास्टिक नियन्त्रणका लागि ऐन, कानून मात्र नभई कार्यान्वयका उपाय खोज्नुपर्ने बताए ।घिमिरले भने,‘यसको मनिटरिङ कसरी गर्ने, कसले गर्ने, कार्यान्वयनमा जानको लागि कुन तहबाट ऐन, कानून, विधी बनाउने मात्र नभई कार्यान्वयन नहुँदा नियन्त्रणको लागि उपायहरु खोज्नुपर्ने अवस्था छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij