एजेन्सी
काठमाडौं । द्वन्द्वग्रस्त इरानको मसहदमा फसेका तीन नेपाली भारतको राजधानी दिल्ली आइपुगेका छन् । भारतबाट गएको विशेष उडानमा भारतीयसहित तीन नेपाली राति अबेर दिल्ली आइपुगेका हुन् ।
भारतले ‘अपरेशन सिन्धु’ अन्तर्गत अहिलेसम्म तीन हजार ४२६ जनाको उद्धार गरिसकेको छ ।
इरानबाट उद्धार भएर आएका एक भारतीय नागरिकले सहजै देश फर्कन पाएकोमा भारतीय सरकारलाई धन्यवाद दिए ।
इरान र इजरायलबीच बढ्दो द्वन्द्वको बीचमा अपरेशन सिन्धु सुरु गरिएको थियो । यता, नेपालको परराष्ट्र मन्त्रालयले भारत सरकारलाई आफ्ना नागरिकहरूको पनि उद्धारका लागि आग्रह गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गरिदिन आग्रह गरेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij