Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माधव नेपाललाई अध्यक्ष ओली सरहको जिम्मेवारी दिने सम्भावना शून्य: रघुवीर महासेठ

माधव नेपाललाई अध्यक्ष ओली सरहको जिम्मेवारी दिने सम्भावना शून्य: रघुवीर महासेठ

  • 488
    SHARES
  • माधव नेपाललाई अध्यक्ष ओली सरहको जिम्मेवारी दिने सम्भावना शून्य:  रघुवीर महासेठ

    काठमाडाैं ।  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् ।  

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले पार्टीमा बराबर हैसियतको दुई अध्यक्ष हुन नसक्ने बताएका हुन् ।

    अहिले माधव नेपाललाई अध्यक्ष दिने गरी ‘पावर सेयरिङ’ मा छलफल भैरहेको भनेर बाहिर चर्चा भए पनि त्यस्तो हुने कुनै सम्भावना नभएको उनको भनाइ छ ।  

    नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो/चाँडो एकता भएरैछाड्ने पनि बताए ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाप्रति चित्त नबुझे पनि अदालतको फैसलाको सम्मान गरेको महासेठको भनाइ छ ।  

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij