Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

गोरखाका सुनचाँदी व्यवसायी आन्दोलित

गोरखाका सुनचाँदी व्यवसायी आन्दोलित

  • 128
    SHARES
  • गोरखाका सुनचाँदी व्यवसायी आन्दोलित

    पोखरा । गोरखा सुनचाँदी व्यवसायी संघले सुनमा, वहुमुल्य हिरा र पत्थरमा लगाइएको कर खारेजीको माग गर्दै आन्दोलन गरेका छन् । शुक्रबार सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत कर खारेजीको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

    संघले सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रस्ट निति नियमावली निर्माण गर, विलाशिता कर खारेज गर जस्ता माग राखेर आन्दोलन गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सबै मूल्यका सुन तथा गहनामा २ प्रतिशत विलासिता कर लागू गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन् ।

    अघिल्लो व्यवस्था अनुसार १० लाख रुपैयाँ भन्दा माथिका गहनामा मात्र विलासिता कर लाग्ने गथ्र्यो, तर नयाँ बजेटले त्यो सीमा हटाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij