काठमाडौं– जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालका एलेक्जेन्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्दैछन्। नेपालका पौडी खेलाडी शाहले पुरुष तर्फको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन् । एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन् ।
टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । गौरिका सिंहले भने बुधबार प्रतिस्पर्धा गर्ने छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij