Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सुरक्षित खानेपानी र सरसफाई पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो : मन्त्री यादव

सुरक्षित खानेपानी र सरसफाई पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो : मन्त्री यादव

  • 106
    SHARES
  • सुरक्षित खानेपानी र सरसफाई पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो : मन्त्री यादव

    इटहरी । संघीय खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनैपनि समूदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् ।

    शनिबार झुम्का शहरी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समूदायलाई समान रूपमा सेवा पुर्‍याउने दिशामा केन्द्रित रहेको बताए। 
    मन्त्री यादवले भने, ‘कुनैपनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ । देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाई पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।’ यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको भन्दै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे ।

    मन्त्री यादवले देशका सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने र कसैलाई पनि पछाडि नपार्ने नीति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताए । खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने सेवा–उन्मुख सामाजिक मन्त्रालय रहेकाले आफुैले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने योजना अनुसार काम गर्न क्रियाशिल रहेको जानकारी गराए ।

    मन्त्री यादवले भने, ‘हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिसत उपलब्धि हासिल गरेको छ । जुन हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो ।’ आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका झुम्का क्षेत्रका वडा नं १, २, ३, र ५ का करिब २२ हजार ७ सय ८७ नागरिक र ४ हजार ३१ घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख महेसी महतोले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij