Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

१९ वर्षअघि मुम्बईमा भएको विस्फाेटकाआरोपीले पाए सफाइ

१९ वर्षअघि मुम्बईमा भएको विस्फाेटकाआरोपीले पाए सफाइ

  • 116
    SHARES
  • १९ वर्षअघि मुम्बईमा भएको विस्फाेटकाआरोपीले पाए सफाइ

    नयाँदिल्ली । १९ वर्षअघि भारतमा भएको वम विष्फोटका १२ जना आरोपीलाई मुम्बई उच्च अदालतले निर्दोष भन्दै सफाइ दिएको छ । 

    सन २००६ को जुलाई ११ तारिखका दिन साँझ यात्रुले खचाखच मुम्बईको लोकल रेलमा सात वटा विस्फोट भएका थिए । १८९ जनाको ज्यान लिनेगरी भएको विष्फोटका १२ जना आरोपीलाई तल्लो अदालतले सजाय सुनाएको थियो । उक्त घटनामा ८२४ जना घाइते भएका थिए । 

    आरोपीमध्ये ५ जनालाई मृत्यु दण्ड र ७ जनालाई आजीवन कारावास हुने फैसला तल्लो अदालतले गरेको थियो । देश हल्लाउने निकै पीडादायी घटना भएको १९ वर्षपछि उच्च अदालतले दोषी प्रमाणित गर्न अभियोजन पक्ष असफल रहेको भन्दै १२ जनालाई सफाइ दिएको हो ।

    न्यायाधीश अनिल किलोर र न्यायाधीश श्याम चांडकको इजलासले अभियोजन पक्षद्वारा पेश गरिएको प्रमाण आरोपीलाई दोषी ठहर्‍याउन निर्णायक नभएको फैसला गरेको हो । अदालतले प्रमाण र साक्षीहरूको बयानमा धेरै त्रुटिहरू रहेको उल्लेख गरेको छ । 

    साक्षीका बयान अविश्वसनीय भएको, बरामद गरिएको भनिएका प्रमाणमा अदालतले प्रश्न उठाउँदै विश्वास गर्न नसकिने भनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ । 

  • सम्बन्धित विषय:

  • # मुम्बई हमला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij