Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न अध्यक्ष ढकालको आग्रह

राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न अध्यक्ष ढकालको आग्रह

  • 120
    SHARES
  • राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न अध्यक्ष ढकालको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा भएका राम्रा कानून र मौद्रिक नीतिलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

    मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर निजी क्षेत्रले भोगिरहेको भन्दै कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।

    अध्यक्ष ढकालले भने, ‘सरकारले बनाएका बजेट, कानून, मौद्रिक नीतिले बोलेका कुराहरु पनि सरकारको गति अनुसार कार्यान्वयन हुन सकेको छैन्,’उनले थप भने, ‘वास्तवमा कतिपय राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नभए त्यसको असर निजी क्षेत्रले भोगिरहेको हुनाले जतिपनि कानूनहरु परिवर्तन भए वा बजेटमा उल्लेख भएका कुराहरु छन् अर्थात मौद्रिक नीतिमा उल्लेख भएका विषयहरु गति अनुसार कार्यान्वयन गर्नका लागि आग्रह गरेका छौ ।’ उनले नेपाल डेरी एसोसियसनले कृषि उत्पादनको प्रवर्द्धनमा गरेको कामप्रति सकरात्मक रहेको भन्दै डेरीजन्य उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने समेत बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij