Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित

बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित

  • 171
    SHARES
  • बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित

    एजेन्सी । म्यान्माको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण दुई हजार दुई सय ९८ घरपरिवारका कुल १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सारिएको सरकारी म्यान्मा रेडियो र टेलिभिजनले बुधबार राति जनाएका छन् ।

    भारी वर्षापछि थानल्विन नदी खतराको स्तरभन्दा माथि पुगेका कारण बुधबार विपद् व्यवस्थापन समितिका सदस्य, अग्नि नियन्त्रक, म्यान्मा रेडक्रस सोसाइटी र समुदायमा आधारित संस्थाहरूले उनीहरूलाई सो क्षेत्रबाट अन्यत्र सारेका थिए ।

    बिहीबार मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार हपा–अनको नदी खतराको स्तरभन्दा करिब छ फिट माथि पुगेको छ र अर्को दिन पनि जोखिममा रहने अनुमान गरिएको छ ।

    कायिन राज्य सरकारले दाताहरूसँगै आधारभूत खाद्यान्न आपूर्ति गरिरहेको छ भने स्वास्थ्य मन्त्रालयले चिकित्सा उपचार र सेवाहरू प्रदान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # बाढी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij