वेबटिभी खबर
काठमाडौं । बबई नदीमा पानीको सहत बढ्दै गएपछि डुबान पर्नसक्ने स्थानहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरु डुबान पर्नसक्ने भएकोले उद्दारका लागी सुरक्षाफौज परिचालन भएको हो ।
बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमल १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहा पानीको सतह ६ दशमल ८० पुगेपछि खतरा लेबल मानिन्छ ।डुबानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजमा परिचालित भएको छ ।
त्यस्तै डुबानमा पर्नसक्ने क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं ३१ गण बर्दिया मातहत र नं ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij