वेबटिभी खबर
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बताउँदै उनले जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ताको सहभागिता रहेको बताउँदै ठूलो विद्रोह जेनजी विद्रोह नै भएको दाबी गरे ।
प्रचण्डले भने,‘जतिबेला हामीले विद्रोह सुरु गरेका थियौं, त्यो बेलापनि ९० प्रतिशत भन्दा धेरै जेनजी पुस्ता नै थिए । त्यसैले सबैभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो । कसैले यसलाई हो कि होइन भनेर दुविधामा नपरौं ।’
त्यस्तै उनले संसद् विघटन गर्ने मात्र नभई संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन भएका कसरत नजिकबाट हेर्ने र बुझ्ने मौका पाएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij