Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

  • 88
    SHARES
  • जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

    काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौं लगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।

    गृह मन्त्रालयले  बिहीबार एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ ।

    सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij