Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : प्रचण्ड

अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : प्रचण्ड

  • 125
    SHARES
  • अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हालको अन्तरिम सरकार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गठन भएको बताएका छन् ।

    शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले हालको सरकार ‘हाहा–हुहु’मा बनेको भन्ने टिप्पणी झुटो भई ओलीकै सिफारिसमा बनेको दाबी गरेका हुन् ।

    उनले भने, ‘मंैले पहिले पनि भनेको छु–यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाउ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो हाहाहुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन् ।’

    उनले राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलिरहेको भन्दै सिफारिसको चिठी हेरेको पनि बताए ।

    उनले भने, ‘हामीले उहाँले पठाएको चिठी हेरेका थियौं । राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलेर हुँदैन् ।’

    उनले अन्तरिम सरकारको काम निर्वाचन गराउने भएकाले त्यसलाई छाडेर अर्को नारा उठाउन थाले देशमा अराजक दुर्घटना निम्ताउने बताए । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij