Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

  • 119
    SHARES
  • विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

    काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ । आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने लिग-२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    लिग-२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।

    लिग-२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल कात्तिक ९ आइतबारदेखि १९ गते बुधबारसम्म युएईमा हुँदैछ । नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्दैछ । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग भिड्ने तालिका छ ।

    विश्वकप लिग-२ मा १२ खेल खेलेको नेपालले १६ अंक जोडेको छ । समान खेल खेलेको युएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # विश्वकप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij