Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

देश बचाउने जिम्मा कसैले लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईं

देश बचाउने जिम्मा कसैले लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईं

  • 178
    SHARES
  • देश बचाउने जिम्मा कसैले लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईं

    काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफू देश छोडेर जान तयार भएको बताएका छन् । 

    काठमाडौंंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको बताए । आफू देश जोगाउनु पर्छ भनेर लागेको उल्लेख गर्दै उनले देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफू देश छोड्न तयार रहेको बताएका हुन् ।

    ‘म कसैबाट चलेको मान्छे होइन । देश जोगाउन क्षमताले भ्याए सम्म मैले पहिले पनि गरिरहेको थिएँ । नेपाल संकटमा छ, जोगाउनु पर्छ भनेर म लागेको छु । तपाईंहरूले यो देश छोडेर जा भन्नु हुन्छ भने पनि म जान्छु । यो देश कसैले बनाउँछ भने म जान तयार छु । तर नेपाल बनाइदियोस्, विदेशबाट नेपालीलाई फर्काइदेओस् । देश फर्कने वातावरण बनोस्,’ उनले भने  । 

    प्रसाईंले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गरे । उनले जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।

    ‘ल हिजो जे भयो भयो, आफैँले बाटो बिर्सियौँ । सबैले भुल्यौँ । अब त कमसेकम देश जोगाउँ, भुङग्रोमा गएको नेपाललाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ,’ उनले भने 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij