Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मुस्ताङमा भारी हिमपात, जनजिवन प्रभावित

मुस्ताङमा भारी हिमपात, जनजिवन प्रभावित

  • 137
    SHARES
  • मुस्ताङमा भारी हिमपात, जनजिवन प्रभावित

    काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात परिरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।

    गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् । स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो ।

    मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बाग्लुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij