Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

आज यी स्थानमा भारी बर्षाको सम्भावना 

आज यी स्थानमा भारी बर्षाको सम्भावना 

  • श्रावण १५, २०७८ शुक्रवार ०९:०३ बजे
  • 413
    SHARES
  • आज यी स्थानमा भारी बर्षाको सम्भावना 

    काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले शुक्रबार प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। 

    भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 


    महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। भने, मनसुनी प्रभावका कारण हाल देशभर सामान्य बदली रहेको छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ।


    यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

  • सम्बन्धित विषय:

  • # भारी बर्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij