Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

४० लाख २६ हजारको अवैध मालसमान वरामद

४० लाख २६ हजारको अवैध मालसमान वरामद

  • 495
    SHARES
  • ४० लाख २६ हजारको अवैध मालसमान वरामद

    कर्णाली । कर्णाली प्रहरीले रु ४० लाख २६ हजार मूल्य बराबरको अवैध मालसमान वरामद गरेको छ । काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना ६ ख ६३३८ नम्बरको बसमा राखिएको रु ४० लाख २६ हजार ५३३ बराबरको अवैध मालसामानसहित बस चालक बाँकेको जानकी गाउँपालिका–२ का ४१ वर्षीय दलबहादुर बोहोरालाई सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

    वरामद गरिएको मालसमानमा विद्युतीय सामग्रीलगायत विभिन्न पाटपूर्जा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । वरामद गरिएको मालसमानसहित बसलाई आवश्यक कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ । 

    त्यसैगरी, प्रहरीले आज तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका हर्कबहादुर विक  (कुटपिट मुद्दा), सोही नगरपालिका–२ का धर्मराज न्यौपाने (सवारी ज्यान मुद्दा) र सुर्खेत चौकुने गाउँपालिका– १० का नवीनकुमार बम (चेक अनादर मुद्दा) का छन् । अदालतको फैसला कार्यान्वयन गर्न थालिएको अभियानअन्तर्गत विशेष सूचनाका आधारमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुर्खेतसमक्ष बुझाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij