Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

टोक्यो ओलम्पिकः यस्तो बन्यो फुटबलको सेमिफाइनल समिकरण, खेल कहिले? 

टोक्यो ओलम्पिकः यस्तो बन्यो फुटबलको सेमिफाइनल समिकरण, खेल कहिले? 

  • श्रावण १७, २०७८ आइतवार ११:०१ बजे
  • 555
    SHARES
  • टोक्यो ओलम्पिकः यस्तो बन्यो फुटबलको सेमिफाइनल समिकरण, खेल कहिले? 

    काठमाडौं– जापानमा जारी टोक्यो ओलम्पिक २०२० फुटबलअन्तर्गत महिला र पुरुषतर्फको क्वार्टरफाइनल चरणका खेल सकिएका छन्।

    महिलातर्फको क्वार्टरफाइनल जुलाई ३० मा सकिएको हो भने पुरुषतर्फको अन्तिम ८ को खेल जुलाई ३१ मा सकिएको हो।

    महिलातर्फको संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया र स्विडेन अन्तिम चारमा प्रवेश गरेका हुन्।

    महिला तर्फका सेमिफाइनल खेल सोमबार हुनेछन्। सोमबार  दिउँदो पौने २ बजे हुने पहिलो सेमिफाइनल खेलमा अमेरिकाले क्यानडाको सामना गर्नेछ।

    त्यस्तै सोमबार साँझ पौने पाँचबाट सुरु हुने दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले स्विडेनसँग खेल्नेछ। फाइनल खेल भने अगस्ट ६ मा हुनेछ।

    पुरुषतर्फको क्वार्टरफाइनलबाट जित निकाल्दै ब्राजिल, मेक्सिको, जापान र स्पेन अन्तिम चारमा पुगेका छन्।

    मंगलबार हुने सेमिफाइनलमा ब्राजिलले मेक्सिकोको सामना गर्नेछ। त्यस्तै, आयोजक राष्ट्र जापानले स्पेनको सामना गर्नेछ। पुरुषतर्फको फाइनल खेल अगस्ट ७ मा हुनेछ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij