Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

एमालेको स्थायी कमिटी बैठक बस्दै एकताका लागि ‘अन्तिम प्रयास’ गरिने

एमालेको स्थायी कमिटी बैठक बस्दै एकताका लागि ‘अन्तिम प्रयास’ गरिने

  • 608
    SHARES
  • एमालेको स्थायी कमिटी बैठक बस्दै एकताका लागि ‘अन्तिम प्रयास’ गरिने

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार दिउँसो ३ बजे बस्दैछ । ललितपुर च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने बैठकमा एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले शनिबारसम्म पार्टी एकताका सबै काम शनिबारसम्ममा टुंग्याइसक्न संस्थापन पक्षका नेतालाई निर्देशन पनि दिएका थिए । तर शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको खीर खाने कार्यक्रममा महासचिव ईश्वर पोखरेलले पार्टी एकताको प्रयासलाई लामो समसम्म्म यत्तिकै राख्न नहुने र शनिबार बस्ने स्थायी कमिटीको बैठकले एकतालाई पूर्णता दिने बताएका थिए । 

    तर शनिबार बैठक बस्न सकेन । स्थायी कमिटीका कार्यसुचीमाथि छलफल गरेर मात्र बैठक बस्न माग गर्दै विघटित कार्यदलका सदस्यहरू शनिबार सिंहदरबारस्थित एामले संसदीय दलको कार्यालयमा अनौपचारिक छलफलमा जुटेका थिए । उनीहरुको आग्रहमा स्थायी कमिटीको बैठक आइतबारसम्मलाई स्थगित गरिएको थियो । 

    विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी बैठकले स्थायी समिति बैठक स्थगित गरेर सहमति जुटाउन प्रयास गरेको थियो । बैठकपछि  वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरू भीम रावल र सुरेन्द्र पाण्डेले शनिबार अपराह्न पहिला वरिष्ठ नेता नेपाल र त्यसपछि केपी शर्मा ओलीसँग भेटवार्ता गरेर एकअर्काबीच संवाद–प्रयास गरेका थिए ।

    रावल र पाण्डेसँगको भेटमा अध्यक्ष ओली र नेपाल दुवैले आफूले अघि सार्दै आएका अडान नछोड्ने बताएका थिए । नेता नेपालले ओलीसँग समान हैसियतमा मात्रै एकता हुने अडान अघि सार्दै आएका छन् भने ओली दोस्रो दिन तयार भए पनि समान हैसियत दिन तयार नभएपछि एमाले विवादको गाँठो फुक्न सकेको छैन । 

    ‘आम नेता कार्यकर्ताको चाहनाअनुसार हामी पनि पार्टी एकताकै पक्षमा छौं,’ नम्वाङले भने ।  तर शनिबार आयोजित एमालेको काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकमा अध्यक्ष ओलीले नेपाललाई एमालेमा कुनै ठाउँ रहेको बताए भने नेपालले पनि हिजो नै आजित अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्ने क्रममा ओली नसच्चिएसम्म एकता प्रयास असम्भव रहेको जिकिर गरे । 

    अध्यक्ष ओलीले  नेपालबाहेकको पार्टी एकता र माधव नेपालले ओलीसमान हैसियत खोजेकाले एकता प्रक्रिया जटिल बन्दै गएको हो । शनिबार नेता नेपाल र अध्यक्ष ओलीलाई भेटेर फर्किएका नेता सुरेन्द्र पाण्डेले परिस्थितिमा कुनै सुधार नआएको बताए । यसैबीच आइतबार बस्ने स्थायी कमिटीको बैठकमा एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डासहित पार्टी एकताका लागि अन्तिम प्रयास गरिने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij