Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेपाली युवकको अमेरिकामा मृत्यु

नेपाली युवकको अमेरिकामा मृत्यु

  • 451
    SHARES
  • नेपाली युवकको अमेरिकामा मृत्यु

    पर्वत । रोजगारीका लागि अमेरिका पुगेका एक युवकको मृत्यु भएको छ । फलेवास नगरपालिका-१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो । 

    विगत पाँच वर्षअघि मात्र अमेरिका पुगेका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो ।

    उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए । उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ ।

    हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij