काठमाडौं – जापानमा जारी टोक्यो ओलम्पिकको १० औं दिनका खेल सुरु भइरहँदा चीनले पदक तालिकामा अग्रता कायमै गरेको छ।
अहिलेसम्म १८० पदकको छिनोफानो भइसक्दा चीनले अग्रता बनाइरहेको हो। हालसम्म ५६ देशले विभिन्न पदक आफ्नो नाम गरिसकेका छन्।
अब ५ दिन बाँकी रहेको प्रतियोगितामा चीनले २४ स्वर्णसहित कुल ५१ पदक जितेको छ। उसले १४ रजत जितेको छ भने १३ काश्य जितेको छ।
दोस्रो स्थानको अमेरिका २० स्वर्णसहित ५९ पदकका साथ दोस्रो स्थानमा छ। उसले २३ रजत र २६ काश्य जितेको हो।
आयोजक जापानले १७ स्वर्ण जितेको छ। यस्तै पाँच रजत र ९ काश्य जितेको छ। चौथो स्थानमा रहेको अष्ट्रेलियाले १४ स्वर्णसहित ३१ पदक जितिसकेको छ।
रसियन ओलम्पिक कमिटीले १२ स्वर्णसहित ४४ पदक जित्दा युनाइटेड किंदमले १० स्वर्णसहित ४४ पदक जितेको छ।
फ्रान्स र कोरियाले समान ५,५ स्वर्ण जितेका छन् भने चार स्वर्ण जित्नेमा इटाली, नेदरल्यान्ड, जर्मनी न्युजिल्यान्ड र चेक गणतन्त्र छन्। क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले समान ३,३ पदक स्वर्ण जितेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij