Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दार्चुला घटना जाँचबुझका लागि गृहको टोली घटनास्थलतर्फ जाँदै

दार्चुला घटना जाँचबुझका लागि गृहको टोली घटनास्थलतर्फ जाँदै

  • 551
    SHARES
  • दार्चुला घटना जाँचबुझका लागि गृहको टोली घटनास्थलतर्फ जाँदै

    काठमाडौं । महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएपछि नेपाली नागरिक बेपत्ता भएको घटनाबारे जाँचबुझका लागि गृहमन्त्रालयको टोली सोमबार (आज) त्यसतर्फ जाने भएको छ । 

    बेपत्ता भएका एक नागरिकको सम्बन्धमा अनुसन्धान गर्न प्रत्यक्षदर्शी भनिएका तीनजनालाई आज नै जिल्ला सदरमुकाम खलंगा ल्याइँदै छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीनजना प्रत्यक्षदर्शीलाई आज जिल्ला प्रशासन कार्यालय ल्याउन लागिएको हो ।  

    यसअघि नै शसस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा एउटा टोली र नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर घटनाको यथार्थ पत्ता लगाउने कोशिस गरेको थियो । दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम जान लागेका स्थानीय ३३ वर्षीय युवा जयसिंह धामी केही दिनअघि वेपत्ता भएका हुन् ।

    गृह मन्त्रालयले गठन गरेको केन्द्रीय अनुसन्धान टोली पनि घटनाको अनुसन्धानका लागि सोमबारै दार्चुला जाने भएको छ । महाकाली तुइन प्रकरणको सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेश गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । उक्त टोली पनि आजै दार्चुला पुगेर घटनाबारे छानविन गर्ने बताइएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij