Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेपालपक्ष आन्तरिक छलफलमा, सरकारमा जाने कि पार्टी एकता गर्नेबारे छलफल

नेपालपक्ष आन्तरिक छलफलमा, सरकारमा जाने कि पार्टी एकता गर्नेबारे छलफल

  • 506
    SHARES
  • नेपालपक्ष आन्तरिक छलफलमा, सरकारमा जाने कि पार्टी एकता गर्नेबारे छलफल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय सांसदको बैठक बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा रहेको र पार्टी एकताका लागि पनि सक्रिय नेपालले आफूपक्षीय सांसद र स्थायी समिति सदस्यसँग छलफल गर्ने भएका हुन् ।

    एमाले विवादमा मिलाउन गठित (हाल विघटित) कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले अनौपचारिक रुपमा सांसद र स्थायी कमिटी सदस्यहरूबीच छलफल आयोजना गरिएको जानकारी दिए ।

    बैठक वानेश्वरको एक बैंक्वेटमा बस्ने बताइएको छ । यसअघि शनिबार विघटित कार्यदलको बैठक बसेको थियो । सो बैठकपछि स्थायी समिति सदस्य भीम रावल र सुरेन्द्र पाण्डेले नेपाललाई भेटेर पार्टी एकताका लागि आग्रह गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij