Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चीनमा फैलियो डेल्टा भेरियन्ट, १० दिनमा तीन सय जनामा पुष्टि 

चीनमा फैलियो डेल्टा भेरियन्ट, १० दिनमा तीन सय जनामा पुष्टि 

  • श्रावण १८, २०७८ सोमवार १९:५१ बजे
  • 867
    SHARES
  • चीनमा फैलियो डेल्टा भेरियन्ट, १० दिनमा तीन सय जनामा पुष्टि 

    एजेन्सी– चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको छ। बीबीसीका अनुसार पछिल्लो १० दिनमा करिब ३ सय जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ। 

    डेल्टा भेरियन्ट देखिएपछि चीनले परीक्षणको दायरा बढाउँदै दैनिक लाखौंको संख्यामा परीक्षण गरिरहेको बीबीसीले जनाएको छ। यस्तै  सार्वजनिक स्थानमा यात्रा र भिडभाड गर्न प्रतिबन्ध लगाएको छ।

    चीनले दर्जन बढी स्थानहरुमा डेल्टा भेरियन्ट फैलिएको हुन सक्ने अनुमान गरेको छ। चीनले हालसम्म सर्वसाधारणलाई दिएको खोप विवरण सार्वजनिक नगरे पनि १ अर्ब ६० करोड डोज खोप लगाइसकेको छ।

    चीनबाटै फैलिएको कोरोना भाइरस संक्रमणको नियन्त्रणमा चीन सफल मानिएको छ। यद्यपि अहिलेसम्म पनि निर्मुल भने हुन सकेको छैन।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij