Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मेस्सीले बार्सिलोना छोड्ने पक्का, कहाँ जाँदैछन?

मेस्सीले बार्सिलोना छोड्ने पक्का, कहाँ जाँदैछन?

  • श्रावण २२, २०७८ शुक्रवार ०९:४४ बजे
  • 681
    SHARES
  • मेस्सीले बार्सिलोना छोड्ने पक्का, कहाँ जाँदैछन?

    एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का भएको छ। बार्सिलोनाले विज्ञप्ती जारी गर्दै  मेस्सीले अर्को सिजन नखेल्ने जनाएको हो ।

    बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन सफल हुन नसकेको विज्ञप्तीमा उल्लेख छ। ला लिगाको नयाँ नियम अनुसार मेस्सी र क्लबबीच सहमति भएको तलब र सम्झौता मान्य नरहेको बुझिएको छ । क्लब र खेलाडी दुवै राजी भएपनि अनुबन्ध भने हुन सकेन ।

    यस्तो छ क्लबको विज्ञप्ती

    लामो समयको कसरत पछि दुई पक्षबीच सहमति बनेको थियो । मेस्सीले क्लबलाई सहज होस् भनेर नै साविकबाट पनि कम तलब लिएर नयाँ सम्झौता गर्ने तयारी गरेका थिए। तर लिगले उक्त सम्झौतालाई पनि मान्यता दिएन।  

    मेस्सी कोपा अमेरिका जितेपछि छुट्टि सकेर विहीबार बार्सिलोना पुगेका थिए । बार्सिलोनाले उनीसँग विस्तृत सम्झौता गर्ने योजना भएपनि लिगको नियमले त्यो सफल हुन दिएन । क्लबले मेस्सीको व्यक्तिगत र व्यावसायिक सफलताको कामना गरेको छ ।

    कहाँ जाँदैछन्? 

    स्काइ स्पोर्ट इटालिया र आरएमसी स्पोर्टकाका अनुसार मेस्सी र पेरिस सेन्ट जर्मेनबीच अनुबन्धका लागि छलफल सुरु भइसकेको छ । 

    ​बार्सिलोनासँग करारबारे छलफल असफल भएसँगै ६ पटकका बालोन डि’ओर विजेता र पीएसजीबीच छलफल भएको बताइएको छ ।

    छलफल सकारात्मक भए लिग वानमा बार्सिलोनाका पूर्व खेलाडी नेयमारसँग मेस्सीले पुनः खेल्न पाउनेछन् । यद्यपि, मेस्सीलाई अनुबन्ध गर्नअघि पीएसजीले केही खेलाडीहरूलाई भने बेच्नुपर्ने हुन्छ । उता, प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी पनि मेस्सीको सम्भावित गन्तव्यका रुपमा हेरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij