Logo

२०८३, कार्तिक ६ गते बिहिवार

२०८३, कार्तिक ६ गते बिहिवार

नेपाल-भारत महिला मैत्री समाजले वितरण गऱ्यो निःशुल्क व्हीलचेयर

नेपाल-भारत महिला मैत्री समाजले वितरण गऱ्यो निःशुल्क व्हीलचेयर

  • 114
    SHARES
  • नेपाल-भारत महिला मैत्री समाजले वितरण गऱ्यो निःशुल्क व्हीलचेयर

    महोत्तरी । महोत्तरीको दुईवटा गाउँपालिकाका दर्जनौं विशेष खूबी (अपांगता) भएका व्यक्तिलाई निःशुल्क रुपमा व्हीलचेयर वितरण गरिएको छ ।

    नेपाल-भारत महिला मैत्री समाजको आयोजनमा ह्वील चेयर वितरण गरिएको समाजका अध्यक्ष चन्दा चौधरीले बताइन । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ महोत्तरीको समन्वयमा महोत्तरीको सोनमा गाउँपालिका-३ स्थित नेपाल राष्ट्रीय आधारभूत विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा १७ जना व्यक्तिलाई व्हीलचेयर वितरण गरिएको हो ।

    समाजलाई आबश्यक्ता परेको बखत सुख र दुःखमा आफूहरुले विभिन्न समयमा यस्ता सहयोग गर्दै आएको पूर्व मन्त्री समेत रहेकी अध्यक्ष चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै बताइन ।

    WhatsApp Image 2026-04-24 at 19.19.35 (1).jpeg

    उनले आफूहरु भूकम्पको समयमा भित्री पहाडमा र कोरोनाको बेला समेत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको उल्लेख गरिन ।

    कार्यक्रममा समसी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी यादव , सोनमा गापा ३ का वडाअध्यक्ष राम प्रमोद सहनी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक शेर बहादुर अधिकारीले सिमा नाकामा व्हीलचेयर प्रयोगकर्तालाई निःशुल्क रुपमा यो प्रदान गर्ने संस्थालाई र सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गरे ।

    त्यस्तै कार्यक्रममा सीमा गुल्म रघुनाथपुरका गुल्मपति प्रहरी नायब उपरीक्षक गणेश पाण्डे, राष्ट्रीय अपांग संघका प्रतिनिधि, बिद्यालयका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2026-04-24 at 19.19.35.jpeg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij