वेबटिभी खबर
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा १४ औं महाधिवेशन हुने टुंगो नलागिरहेका बेला संस्थापन इतर समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।
संस्थापन इतर समूहले आफूपक्षीय जिल्ला सभापतिहरुको भेला काठमाडौंमा आयोजना गर्ने भएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुको यही २५ साउनमा काठमाडौं आइपुग्ने गरी खबर पठाइसकिएको पौडेलनिकट एक जिल्ला सभापतिले जानकारी दिए ।
‘कांग्रेस महाधिवेशन हुने नहुने विषयमा छलफल गर्न हामीले आन्तरिक भेला गर्न लागेका हौं,’ उनले भने ।
भेलामा देशभरबाट संस्थापनइतर समूहका ७७ वटै जिल्लाका सभापतिहरु सहभागी हुने ती नेताले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij