वेबटिभी खबर
काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको निरीक्षण गरेका छन् । उनले बिरामीको मन जित्ने गरी काम गर्न चिकित्सकहरुसँग आग्रह गरेका छन् ।
मानवीय स्वास्थ्य सेवालाई उच्च प्राथकिमतामा राखेर बिरामी उपचार गर्न र अस्पतालले दिने सेवा प्रवाहमा कुनै पनि कमजोरी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।
कोरोनाको तेस्रो भेरियन्टकोको जोखिमलाई ध्यान दिएर त्यसको तयारीका लागि अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन मुख्यमन्त्री शाहीले जोड दिए ।
‘यहाँहरूलाई आवश्यक बजेट विनियोजन गरिसकिएको छ । उक्त बजेटको अधिकतम प्रयोग गर्दै अस्पतालाई अत्याधुनिक बनाउन प्रयास जारी राख्नुहोस्’, मुख्यमन्त्री शाहीले भने, ‘बजेट कम भएको छ भने प्रदेश सरकार त्यसको व्यवस्था मिलाउन तयार छ । अस्पतालमा आएका सेवाग्राहीको मुहारमा सधैं खुसी ल्याउने गरी कामहरु अघि बढाउनुस् ।’
कर्णाली प्रदेशको सबैभन्दा विश्वासिलो अस्पतालको रूपमा विकास गर्न सरकार लागिरहेको शाहीले जानकारी गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij