वेबटिभी खबर
काठमाडौं । बाख्रा काटेर खसीको मासुमा मिसाएर बेच्ने चारजनालाई शनिबार काठमाडौंको कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य घर भइ कलंकीको खसीबजारमा मासु पसल संचालन गरेर बसेका ६७ वर्षीय गुलाम रसुल, २५ वर्षीय जावेद कुरेसी, २१ वर्षीय जाकिर कुरेसी र ५० वर्षीय अमिर कुरेसी रहेका छन् ।
बाख्राको मासु बेचिरहेको भन्ने सूचना पाएर कालिमाटी प्रहरी वृत्तबाट खटिएको टोलीले प्रमाणसहित उनीहरुलाई पक्राउ गरेको हो । बाख्रा पहिचान हुने अंग लुकाएर खसीको मासुमा मिसाउन तयार पारिएको २ वटा काटिएको बाख्रा र १५ वटा जिउँदो बाख्रा पनि प्रहरीले बरामद गरेको छ ।
बाख्रा काटेर मासु मिसाएको थाहा नहोस भनेर बिहान अध्यारैमा उनीहरुले सो काम गरिरहेको अवस्थामा प्रहरीले रंगेहात उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पसल संचालक र त्यहाँ कामगर्ने सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कालिमाटी प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij