वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी निर्णयविरुद्ध विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
सरकारको यो निर्णय नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरेका छन् । ज्ञवालीको रिटको पेशी सोमबारलाई ताकिएको छ ।
शुक्रबार पनि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij