काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसमा अहिले महाधिवेशनको मुद्दा पेचिलो बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सभापतिकारुपमा आफ्नो कार्यकाल २०७६ फागुनमै पुरा गरेका हुन्। तर, उनले विधान अनुसार थप गर्न मिल्ने एक बर्षको कार्यकाल थपे। जुन गत फागुनमै समाप्त भयो।
तर, थपिएको अवधिमा समेत महाधिवेशन हुन सकेन। जसका कारण कांग्रेसले संवैधानिक व्यवस्थाको फेर समातेर ६ महिना कार्यकाल थप्यो। जुन आगामी भदौ २३ गते समाप्त हुँदैछ।
यस्तो अवस्थामा कांग्रेसको वैधानिकतामै प्रश्न उठ्ने अवस्था सिर्जता भएको छ। तर, नेताहरु कानूनी छिद्र खोजेर महाविधेशन पर सार्ने योजनामा छ। जुन योजना अन्तरगत निर्वाचन आयोगसँग परामर्श गर्ने काम समेत भइसकेको छ। पछिल्लो पटक कांग्रेसले भदौ १६ गते महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। तर, क्रियाशील सदस्यता विवाद नै मिलाउन नसक्दा कार्यतालिका अनुसार महाविधेशन गर्न असम्भव देखिन्छ। जसका कारण नयाँ कार्यतालिका ल्याउने तयारीमा देउवा छन्।
भदौ १६ गते महाधिवेशन नहुने कांग्रेसका अधिकांश नेताले बुझेका छन। तर, बाहिर कसैले बोलका थिएनन्। कोही विशेष महाविधेशन गर्नुपर्ने पक्षमा वकालत गरिरहेका थिए, त कोही भदौ १६ अघि महाधिवेशनको प्रक्रिया सुरु गरेर निर्वाचन आयोगलाई जानकारी दिनुपर्ने बताउँदै आएका थिए। महाधिवेशन गर्न असम्भव रहेको चाहिँ कोही बताउन तयार थिएनन्।
तर, केही दिन अघि महामन्त्री डा. शशांक कोइरालाले चितवन पुगेर भदौ १६ मा महाधिवेशन गर्न सम्भव नरहेको खुलसा गरिदिए। तीन कारणले महाधिवेशन हुन नसक्ने कोइरालो दावी गरेका थिए। पहिलो–क्रियाशील विवाद, दोस्रो– कोरोना महामारी र तेस्रो–प्राकृतिक प्रकोप।
कोइरालाले सार्वजनिकरुपमा महाधिवेशन गर्न असम्भव रहेको बताएपछि पार्टी भित्र भने तरंग सिर्जना भएको छ। जुन कुराको खुलसा उनी आफैंले गरेका छन्।
निकटहरुसँग उनले आफ्नो अभिव्यक्ति पछि पार्टीमा उत्पन्न भएका तरंगका बारेमा सुनाएका छन्। उनको अभिव्यक्ति पछि सभापति देउवाले फोन गरेर खुसी व्यक्त गरेका थिए। देउवाले तोकिएको समयमै महाधिवेशन गर्ने बताउँदै आएका थिए।
आफैंले महाधिवेशन सर्ने बताउँन सकिरहेका थिएनन्। त्यस्तो अभिव्यक्ति दिँदा महाधिवेशन टार्न खोजेको भन्दै विरोध हुने देउवाले नबुझ्ने कुरै भएन। अर्को तर्फ महाधिवेशन गर्न कलंकको टिका समेत लाग्ने डर देउवामा छ। जसका कारण शशांकले सार्वजनिकरुपमा आफूलाई सहज हुने गरी बोलिदिएपछि देउवाले फोन गरेर शशांकलाई धन्यवाद दिएका छन्।
देउवाको धन्यवाद खाएका शशांकले बरिष्ठ नेता रामचन्द्र पौडेलका खप्की खानु पर्यो। पौडेल महाधिवेशन तोकिएको समयमै हुनुपर्ने अडानमा थिए। तर, शशांकले नै तोकिएको समयमा महाधिवेशन हुन नसक्ने बताएपछि फोन गरेर पौडेल झोक्किएका थिए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij