Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

बिहारको अशोकधाम मन्दिर बाहिर अचानक भागदौड हुँदा सात जनाको निधन

बिहारको अशोकधाम मन्दिर बाहिर अचानक भागदौड हुँदा सात जनाको निधन

  • 86
    SHARES
  • बिहारको अशोकधाम मन्दिर बाहिर अचानक भागदौड हुँदा सात जनाको निधन

    नयाँ दिल्ली । बिहार राज्यको लखीसराय जिल्लामा पर्ने इन्द्रदमनेश्वर महादेव मन्दिरको रूपमा चिनिने अशोकधाम मन्दिर बाहिर भागदौड मच्चिँदा सात जनाको निधन भएको छ । तिथिअनुसार साउनको तेस्रो सोमबार पारेर दर्शन गर्न लखीसरायस्थित प्रसिद्ध अशोकधाम मन्दिर गएका भक्तजनको भिडभाड भएकै बेल भागदौड मच्चिएको थियो ।

    विजुलीको पोल ढल्दा करेन्ट फैलिएको हल्ला चले पछि भएको भागदौडमा थिचिएर मानिसको मृत्यु भएको हो ।  प्रारम्भिक जानकारी अनुसार, दुर्घटनामा सात भक्तजनको मृत्यु भएको पुष्टि भएको छ । आठ जना घाइते भएका छन् । घाइतेलाई लखीसरायको सदर अस्पतालमा उपचार सुरु गरिएको छ।

    मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ । लखीसराय जिल्ला मजिस्ट्रेटले अशोकधाम स्टेसनबाट मन्दिर जाने बाटोमा घटना भएको बताए। 

    भक्तजनहरूको लाइन अशोकधाम मन्दिरतर्फ जाँदै गर्दा अचानक एउटा बिजुलीको पोल ढल्यो । जलाभिषेकको लागि मन्दिर जाँदै गरेका तीर्थयात्रीहरू माझ पोलबाट करेन्ट बगेको हल्ला फैलियो । त्यसपछि सुरु भयो भागदौड । भागदौडका क्रममा धेरै भक्तजनहरू एकअर्काको मुनि थिचिए । 

    बिहारका मुख्यमन्त्री सम्राट चौधरीले लखीसरायको अशोकधाममा भएको घटनाप्रति शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र र उचित उपचारको लागि प्रशासनलाई आवश्यक निर्देशन जारी गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij