काठमाडौै– बार्सिलोनामा लिजेन्ड तथा पूर्वकप्तान लियोनल मेसीले बिहीबारबाट क्लब छाडे । ला लिगाको वित्तिय नियमका कारण सम्झौता नवीकरण हुन सकेपछि मेसीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन्। उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भइसकेका छन्। मंगलबार मात्रै उनले पीएसजीसँग २ बर्षको सम्झौता गरेका छन्।
बार्सिलोनाको सिनियर टिममा १७ बिताएका मेसीले क्लब छाडेसँगै अब बार्सिलोनमा १० नम्बरको लिजेन्डरी जर्सी कसले लागाउने भन्ने चर्चा सुरु भएको छ। सन् २००८मा ब्राजिलियन स्टार रोनाल्डिन्होले बार्सिलोना छाडेपछि मेसीले १० नम्बर जर्सी लगाउन थालेका थिए । त्यसयता उनले १२ वर्ष १० नम्बरको जर्सी लगाए।
मेसीले क्लब छाडेलगत्तै भएको जोन गाम्पर ट्रफीमा युभेन्टसविरुद्धको खेलमा १० नम्बरको जर्सी कसैले लगाएनन् । त्यसैले यसबाट के अनुमान गर्न सकिन्छ भने कम्तिमा यो सिजन बार्सिलोनामा १० नम्बरको जर्सी कसैले लगाउने छैन।
मेसीले बार्सिलोना छाडेसँगै कतिपयले अब १० नम्बरको जर्सी रिटायर्ड राखिने चर्चा पनि गरेका छन्, तर बार्सिलोना जर्सी रिटायर्ड राख्ने पाउने नियम छैन। त्यसैले बार्सिलोनामा १० जर्सीमा कोही नयाँ अनुहार देखिने पक्का छ ।
यदि यो सिजन नै १० नम्बरको जर्सी कसैले लागाउने भए भने त्यो नाम फिलिपे काउटिन्हो वा सर्जियो अगुएरो मध्ये एक हुन सक्छ । काउन्टिहोले बार्सिलोनामा १४ नम्बरको जर्सी लगाउँदै आएका छन् भने सर्जियो अगुएरोलाई बार्सिलोना १९ नम्बर छुट्याएको छ। यसैसिजन बार्सिलोना आएका अगुएरोले अहिलेसम्म डेब्यू गरेका छैनन्।
यदि यो जिसजन १० नम्बरको जर्सी खाली राखिए अर्को सिजन १० नम्बरको जर्सी युवा स्ट्राइकर अन्सु फाती र मिडफिल्डर पेड्रीले लगाउन सक्ने छन् या कुनै नयाँ खेलाडी भित्र्याउँदै उसलाई त्यो जर्सी दिन सक्ने छ। फाती र पेड्रीलाई बार्सिलोनाको भविष्यका स्टारका रुपमा हेरिएकाले सम्भवतः यी दुई मध्ये एकले १० नम्बरको जर्सी पाउने सम्भावना अधिक छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij