Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एमाले सांसदको उपस्थितिबिनै बस्यो लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन

एमाले सांसदको उपस्थितिबिनै बस्यो लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन

  • 549
    SHARES
  • एमाले सांसदको उपस्थितिबिनै बस्यो लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बुटवलस्थित प्रदेशसभामा जारी छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।

    असंवैधानिक तरिकाले मुख्यमन्त्री पोखरेलको राजीनामा मागिएको दाबी गर्दै बैठकमा सत्तारुढ नेकपा अनुपस्थित छ । एमाले सांसदको अनुपस्थितिबिचमै बठक बसेको हो ।  बैठकमा अविश्वास प्रस्ताव पेस गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्तापक्ष अनुपस्थित हुनु आश्चर्यजनक भएको बताएका छन् । 

    विपक्षी दलहरुले भने १९ वैशाखमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदा छलछाम गरेर अल्पमतमै मुख्यमन्त्रीमा नियुक्त भएको दाबी गर्दै पुनः विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएका थिए । मुख्यमन्त्री पोखरेलले केही बेर अघि राजीनामा दिएको भए पनि प्रदेशसभामा पत्र आर्इ नसकेका कारण प्रदेशसभाको पूर्वनिर्धारित बैठक चलेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij