Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

वलीले गरिन् ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न माग

वलीले गरिन् ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न माग

  • 856
    SHARES
  • वलीले गरिन् ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न माग

    काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् । 

    उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन् । 

    ‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए । भाषण भए । भोट माग्ने माध्यम भए । आउनुहोस् निष्पक्ष छानबिन गरौँ । वाइडबडीको छानबिन गरौँ । अरुण थर्डको छानबिन गरौँ । टनकपुरको छानबिन गरौँ । बालुवाटारको छानबिन गरौँ,'उनले भनिन्, 'ओम्नीको छानबिन गरौँ । आयल निगमको जग्गा खरिदको पनि छानबिन गरौँ । क्यान्टोनमेन्टको पनि छानबिन गरौँ । ठूला ठूला हाइड्रोको पनि छानबिन गरौँ । १६५ सांसदको समर्थन छ के को लागि हो त्यो समर्थन प्राप्त गरेको ? अरुको पार्टी फुटाएको के को लागि हो ? किन ? तथापी अर्कोतिर औँला नठड्याऔँ ।  सबैले सबैलाई देखेकै छ ।’

    सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताइन् । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij