Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

विश्व हिन्दू रक्षा परिषद् नेपालको राष्ट्रिय अध्यक्षमा नरेश कुमार सरिया नियुक्त

विश्व हिन्दू रक्षा परिषद् नेपालको राष्ट्रिय अध्यक्षमा नरेश कुमार सरिया नियुक्त

  • 62
    SHARES
  • विश्व हिन्दू रक्षा परिषद् नेपालको राष्ट्रिय अध्यक्षमा नरेश कुमार सरिया नियुक्त

    काठमाडौं । प्रतिष्ठित सामाजिक व्यक्तित्व तथा प्रेस्टिज इभेन्टका सञ्चालक नरेश कुमार सरिया विश्व हिन्दू रक्षा परिषद् नेपालको राष्ट्रिय अध्यक्ष पदमा नियुक्त भएका छन् । विश्व हिन्दू रक्षा परिषद्का अन्तर्राष्ट्रिय अध्यक्ष गोपाल रायद्वारा मिति २०८३ भदौ २३ गते जारी गरिएको नियुक्तिपत्रअनुसार सरियालाई नेपाल राष्ट्रिय अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

    सरियाको सामाजिक सक्रियता, अनुभव, समर्पण तथा संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उक्त महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको जनाइएको छ । नवनियुक्त राष्ट्रिय अध्यक्ष सरियाले नेपालमा विश्व हिन्दू रक्षा परिषद्को संगठनलाई विस्तार एवं सुदृढ बनाउँदै सनातन धर्म, संस्कृति, परम्परा तथा मूल्यमान्यताको संरक्षण र प्रवर्धनका साथै सामाजिक एकता र सद्भाव अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

    यसै अवसरमा नेपाल राष्ट्रिय मारवाडी परिषद् परिवारले नरेश कुमार सरियालाई उक्त गरिमामय जिम्मेवारी प्राप्त गरेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । उनको नेतृत्वमा विश्व हिन्दू रक्षा परिषद्, नेपालको संगठनात्मक गतिविधिले नयाँ उचाइ प्राप्त गर्दै राष्ट्र, समाज र सनातन संस्कृतिको हितमा सकारात्मक एवं रचनात्मक योगदान पुऱ्याउने विश्वास व्यक्त गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij