Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

इटालीमा इच्छा मृत्युसम्बन्धी जनमत संग्रह हुने

इटालीमा इच्छा मृत्युसम्बन्धी जनमत संग्रह हुने

  • 664
    SHARES
  • इटालीमा इच्छा मृत्युसम्बन्धी जनमत संग्रह हुने

    रोम । इटाली सरकारले आगामी वर्ष इच्छा मृत्युसम्बन्धी जनमत संग्रह गर्ने भएको छ ।

    विरामीले इच्छा मृत्यु गर्न पाउने पक्षमा देशभर साढे ७ लाख नागरिकले हस्ताक्षर गरेसँगै सरकारमाथि जनमतसंग्रहका लागि दबाब बढेको हो । कुनै पनि समसामयिक मुद्दामा जनमत संग्रह गराउन पाँच लाख नागरिकको हस्ताक्षर आवश्यक मानिन्छ ।

    ‘उचित कानुनको अभावमा अहिले बिरामीको इच्छा मृत्यु हुन सकेको छैन,’ विरामीको इच्छा मृत्युको पक्षमा अभियान चलाएको लुका कोसिओनी एशोसियसनले आफ्नो विज्ञप्तिमा भनेको छ । इटालीको संविधानअनुसार अरु व्यक्तिलाई मृत्युवरण गर्न सहयोग गर्ने व्यक्तिलाई पाँच देखि १२ वर्षसम्म कैद हुन्छ ।

    तर, यसबारे सन् २०१९ मा संवैधानिक अदालतले गरेको एउटा छुट्टै फैसलामा ‘गम्भीर विरामीले स्वतन्त्र र सचेत निर्णय लिन सक्ने’ भन्दै अप्रत्यक्ष रुपमा यस्तो मृत्युलाई समर्थन गरेको थियो ।

    इच्छा मृत्युबारे देशभर बहस चलिरहेको छ । उपचार नहुने रोगबाट ग्रसित व्यक्तिलाई उनीहरुको अनुरोधमा कानुनी रुपमा मृत्युवरण दिनुपर्ने केहीले तर्क गरेका छन् भने कोहीले अप्राकृतिक मृत्यु ‘हत्या’ सरह हुने टिप्पणी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # इटाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij