वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा थुप्रिएको फोहोर तत्काल हटाउने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई निर्देशन दिएका छन् ।
देउवाले मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई सोमबार बालुवाटर बोलाएर फोहोरलाई तत्काल हटाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ‘फोहोर कसरी उठाउन सकिन्छ त्यो अनुसार प्रवन्ध गर्नुस्, सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्रीले देउवाले भने ।
अन्य सरकारी निकायसँग पनि समन्वय गर्नुपर्ने भए गरेर छिटो फोहोर उठाउने व्यवस्था मिलाउन देउवाले जोड दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij