Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

युरोपेली छनोटमा बेल्जियमको सानदार जित 

युरोपेली छनोटमा बेल्जियमको सानदार जित 

  • भाद्र १८, २०७८ शुक्रवार ०९:३८ बजे
  • 507
    SHARES
  • युरोपेली छनोटमा बेल्जियमको सानदार जित 

    एजेन्सी– विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा बेल्जियमले सानदार जित निकालेको छ । बिहीबार समूह ‘ई’को खेलमा बेल्जियमले इष्टोनियाविरुद्ध ५–२ गोल अन्तरले जित हासिल गरेका हो । 

    बेल्जियमको जितमा स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै हान्स भनाकन, एलेक्स विट्सल, थोमस फोकटले एक– एक गोल गरे । इष्टोनियाका लागि माटियस काईट र इरिक  सोर्गले एक–एक गोल गरे । 

    घरेलु मैदानमा इष्टोनियाले अग्रता बनाएको थियो । उसका काईटले दोस्रो मिनेटमै गोल गरेका थिए । यसपछि बेल्जियमले लगातार पाँच गोल गरेको थियो । 

    समूह ुईु को अर्को खेलमा चेक रिपब्लिकले बेलारुसलाई १(० गोल अन्तरले पराजित गर्यो । 

    जितसँगै बेल्जियमले चार खेलबाट १० अंक जोडदै शीर्षस्थानमा रहेको छ । यस्तै समान चार खेलबाट सात अंक जोडेको चेक दोस्रो स्थानमा छ । 

    दुई खेलमात्रै खेलेको बेल्स तीन अंकसहित तेस्रो स्थानमा छ । समान अंकसहित एक खेल बढी खेलेको बेलारुस तीन अंकसहित चौथो स्थानमा छ । तीन खेलबाट कुनै अंक नजोडेको इष्टोनिया तालिकाको पुछारमा छ । 

  • सम्बन्धित विषय:

  • # बेल्जियम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij