Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

मनकामना केबलकार आजदेखि सञ्चालनमा, पूजा मन्दिर बाहिरबाटै

मनकामना केबलकार आजदेखि सञ्चालनमा, पूजा मन्दिर बाहिरबाटै

  • भाद्र २०, २०७८ आइतवार ०९:०६ बजे
  • 628
    SHARES
  • मनकामना केबलकार आजदेखि सञ्चालनमा, पूजा मन्दिर बाहिरबाटै

    गोरखा– गोरखाको सहिद लखन गाउँपालिकामा रहेको मनकामना केबलकार आज आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएको मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार  केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ ।  

    केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए । ‘भौतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ’, सेरचनले भने । 

    प्रालीले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गर्दै आएको छ । संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाको व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इनसान थापाले जानकारी दिए । 

    डिसिसिएमसी गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij