केपटाउन । दक्षिण अफ्रिकाका प्रदर्शनकारीले प्रदर्शनका लागि एउटा अनौठो तरिका अपनाएर विश्वको ध्यान आफूतिर तानेका छन् । त्यहाँको केपटाउन सहरमा हजारौंको संख्यामा महिला तथा पुरुषहरु नग्न भएर साइकल र्याली निकालेका छन् ।
वल्र्ड न्याकेड बाइक राइडको आयोजना जीवाश्म इन्धनको विरुद्ध तथा सुरक्षित तरिकाले साइकल चलाउन जागरुक बनाउने उद्देश्यले गरिएको हो । यो लगातार १८ औं वर्ष पुगेको छ, हजारौं संख्यामा पुरुष र महिलाले आफ्नो सबै कपडा खोलेर साइकल चलाएर चेतना जगाउने प्रयास गरेको छ ।
यस कार्यक्रमको फेसबुक पेजमा लेखिएको छ, ‘तपाईको लुगा तपाईमा निर्भर छ, यस्तो कपडा लगाउनुहोस् जसले पृथ्वी बचाउनका लागि ध्यान खिच्न सक्छ ।’ कपडा नलगाए पनि कोरोना भाइरसको संक्रमणबाट बच्न मानिसहरुले मास्क लगाएका थिए । आयोजकले अब अगस्ट १४ मा बेलायतमा पनि यस्तै र्याली निकाल्ने योजना बनाइरहेका छन् । सबैभन्दा पहिला निःवस्त्र भएर साइकल र्याली जुन २००४ मा निकालिएको थियो । यस र्यालीका सुरुवात क्यानडामा बस्ने सामाजिक कार्यकर्ता तथा चलचित्रकर्मी कोनराच स्चिमिड्ट थिए । उनले तेलमाथिको निर्भरता अन्त्य गर्न सुरुमा नग्न र्याली गरेका थिए ।
हाल मानिसहरु वर्षमा दुईपटक नग्न भएर र्याली निकाल्छन् । केपटाउनमा जीवाश्म इन्धन, जलवायु परिवर्तन, उपभोक्तावाद, पितृसत्तात्मक नियन्त्रण आदिलाई लिएर प्रदर्शन गरिरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij