Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमा जेलमुक्त

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमा जेलमुक्त

  • 1.5K
    SHARES
  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमा जेलमुक्त

    जोहान्सबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) ले सोमबार जनाएको छ । 

    डीसीएस प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, 'पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको अर्थ उनले सामुदायिक सुधारका काम गर्ने शर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ । यसकारण जेलबाहिर रहँदा पनि उनले विशेष शर्तहरूको पालना गर्नुपर्नेछ र उहाँको सजाय समाप्त नभएसम्म सुरक्षा अनुगमनको घेराभित्र रहनुपर्नेछ ।'

    यदि कुनै अपराधीले स्वास्थ्यका कारण जेलबाट मुक्त हुँदा गरेका बाचाहरू पालना गरेन भने उसलाई पुनः बाँकी जेलसजाय भुक्तान गर्नुपर्ने हुन्छ ।

    नक्सुमालोले जुमाले पालन गर्नुपर्ने शर्तहरूबारे भने बताएनन् । अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपतिले जुलाईदेखि ‘एस्टकोर्ट करेक्सनल सेन्टर’मा १५ महिनाको जेल सजाय भोगिरहेका थिए । जुमाले हालै एक शल्यक्रिया गरेको बताइएको छ तर यो के सम्बन्धी उपचार थियो भन्नेबारे जानकारी गराइएको छैन ।

    एनक्सुमालोले बताएअनुसार घातक रोग लागेका र शारीरिक तवरमा अक्षमता भएका वा आफ्नो दैनिक क्रियाकलाप वा आत्म-सेवालाई अत्यन्तै सीमित गर्ने रोगबाट पीडित कैदीहरूलाई पनि चिकित्सा उपचारको लागि विचार गर्न सकिन्छ ।

    पूर्वराष्ट्रपति जेल गएपछि दक्षिण अफ्रिकामा हिंसा बढ्यो  पूर्वराष्ट्रपति जेल गएपछि दक्षिण अफ्रिकामा हिंसा बढ्यो  दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय  दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij