Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

क्युबामा दुई वर्षमूनिका बालबालिकालाई कोरोना खोप दिइयो

क्युबामा दुई वर्षमूनिका बालबालिकालाई कोरोना खोप दिइयो

  • 676
    SHARES
  • क्युबामा दुई वर्षमूनिका बालबालिकालाई कोरोना खोप दिइयो

    काठमाडौं । क्युबा दुई वर्षभन्दा मूनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिने पहिलो मुलुक बनेको छ ।

    बालबालिकालाई दिएको खोप क्युबाले आफैं विकास गरेको हो । तर यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । १ करोड १२ लाख जनसंख्या भएको क्युबाले सन् २०२० को मार्चपछि बन्द गरिएका विद्यालय खोल्नुभन्दा अगाडिका सबै बालबालिकालाई खोप लगाउने अभियान सुरु गरेको छ ।

    सोमबारदेखि त्यहाँ टेलिभिजनको माध्यामबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । क्युबामै बनाइएका अबदाला र सोबरानाको क्लिनिकल परीक्षण पुरा भइसकेको छ । यसअघि १२ वर्षका बालबालिकामा खोप लगाउन थालिएको थियो भने सोमबारदेखि मध्य प्रान्त सिएनफ्युगोसमा २ देखि ११ वर्ष उमेरमा बालबालिकालाई पनि खोप लगाइएको छ । 

    क्युबाले बनाएको खोप दक्षिण अमेरिकामा नै विकसित गरिएको पहिलो कोरोना खोप हो । तर अन्तर्राष्ट्रिय स्तरमा वैज्ञानिक समीक्षा गरिएको छैन । यो खोप विकास गरिएको विधिअनुसार नै अमेरिकाको नोभाभ्याक्स र फ्रान्सको सनोफी खोप पनि बनाइएको छ । अहिले यी खोपले विश्व स्वास्थ्य संगठनको मान्यता पर्खिरहेका छन् । 

    विश्वका अन्य देशमा १२ वर्षका बालबालिकामा मात्रै खोप लगाइएको छ भने केही साना बालबालिकामा परीक्षण जारी छ । युएई र भेनेजुएलाले बालबालिकालाई खोप लगाउने योजना बनाएको घोषणा गरेका छन् । चिलीले सोमबार ६ देखि १२ वर्षका बालबालिकाका लागि चिनियाँ खोप सिनोभ्याक लगाउन अनुमति दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij