Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शरीरभर ट्याटु बनाएका वृद्ध म्याग्नेटो

शरीरभर ट्याटु बनाएका वृद्ध म्याग्नेटो

  • चैत्र १, २०७७ आइतवार १६:३५ बजे
  • 857
    SHARES
  • शरीरभर ट्याटु बनाएका वृद्ध म्याग्नेटो

    बर्लिन । प्रायः मानिसहरु आफ्नो जीवनकालमा कम्तिमा एउटा ट्याटु बनाउन चाहन्छन् । कसैको नाम वा केही महत्वपूर्ण चिह्न बनाउँछन् । मानिस शरीरमा एक वा दुई वटा ट्याटु बनाउँछन् तर ७२ वर्षीय वुल्फग्यांग किरश्च एक, दुई ट्याटुबाट खुशी थिएनन । जर्मनकी किरश्चले आफ्नो शरीरको ९८ प्रतिशत भागमा ट्याटु बनाए । यसपछि उनी जर्मनीको सबैभन्दा धेरै ट्याटु बनाउने व्यक्ति बने । आफूलाई म्याग्नेटो भन्न रुचाउने वुल्फग्यांगको शरीरमा हालसम्म ८६ ट्याटु र १७ इम्प्लान्ट बनाएका छन् । उनको ट्याटु हात, अनुहार, खुट्टा, आँखा, ओठ लगभग सबै अंगमा बनाएका छन् ।

    images

    उनले पैतालामा मात्र ट्याटु बनाउन बाँकी छ । उनका केही इम्प्लान्टमा चुम्बक लगाइएको छ । यसका कारण फलामले बनेका साना साना वस्तुहरु उनको शरीरमा टाँसिन्छन् । यसपछि उनले आफ्नो निक नेम म्याग्नेटो राखेका हुन् ।

    पूर्वी जर्मनीमा मानिसहरु ट्याटु बनाउन राम्रो मान्दैनन् तथा कर्मचारीहरुका लागि यो सपना जस्तो थियो । म्याग्नेटोले ४६ वर्षको उमेरमा आफ्नो पहिलो ट्याटु बनाएका थिए । उनी पोस्ट अफिसका कर्मचारी थिए, भीडभन्दा फरक देखिने इच्छाले ट्याटु बनाएका थिए ।

    उनलाई शरीरभर ट्याटु भएकोमा कुनै दुख छैन । उनी २४० पटक ट्याटु बनाउन पुगे र करिब ७२० घण्टामा शरीरभर ट्याटु बनाए । यसका लागि उनले लगभग ३५ लाख रुपैयाँ खर्च गरेका छन् । उनलाई प्रायः मोडलिङ र फोटोसुटका लागि प्रस्ताव आउने गर्छ । 

  • सम्बन्धित विषय:

  • # जर्मनी
  • # ट्याटु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology