Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

पाकिस्तानमा हेलिकोप्टरबाट पैसाको वर्षा, टिप्ने मानिसको भीड

पाकिस्तानमा हेलिकोप्टरबाट पैसाको वर्षा, टिप्ने मानिसको भीड

  • चैत्र ४, २०७७ बुधवार १४:४७ बजे
  • 720
    SHARES
  • पाकिस्तानमा हेलिकोप्टरबाट पैसाको वर्षा, टिप्ने मानिसको भीड

    पंजाब । पाकिस्तानमा एक गैरआवासिय नागरिकले हेलिकप्टरबाट पैसाको वर्षा गरेका छन् । उनले पैसा भूँइमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    पंजाब प्रान्तको नारोवाल जिल्लाको बहाउद्दीन क्षेत्रमा एक विवाहको समारोहमा बेहुलाका भाइले फुल र पैसाको नोट बर्साएका थिए । उनी विदेशबाट विवाहका लागि भनेर पाकिस्तान पुगेका थिए । 

    उनले भाडामा लिएको हेलिकोप्टरबाट जन्तीमाथि फुल तथा २० लाख पाकिस्तानी रुपैयाँ छरेका हुन् । भिडियोमा घरको छत तथा सडकमा नोट टिप्न मानिसहरुको भीड लागेको देखिन्छ ।

    पाकिस्तानमा यस्तो घटना पहिलोपटक भएको होइन । यसभन्दा अगाडि गुजरांवालामा एक उद्योगपतिले आफ्ना छोराको विवाहमा जन्तिमाथि आकाशबाट पैसाको वर्षा गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij