Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

स्पेनले इटालीलाई हरायो,  ३७ खेलको अपराजित यात्रामा पूर्णविराम 

स्पेनले इटालीलाई हरायो,  ३७ खेलको अपराजित यात्रामा पूर्णविराम 

  • आश्विन २१, २०७८ बिहिवार ०९:०० बजे
  • 518
    SHARES
  • स्पेनले इटालीलाई हरायो,  ३७ खेलको अपराजित यात्रामा पूर्णविराम 

    काठमाडौं ।  युरो विजेता इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति इटालीको रान सिरोमा भएको खेलमा भ्रमण टोली स्पेनले इटालीको नाममा रहेको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको हो । 

    इटालीको अपराजित यात्रामा म्यानचेष्टर सिटीको फेरान टोरेस बाधक बने  । २१ वर्षीय टोरेसको दुई गोल गर्दा स्पेन २–१ ले विजयी भयो । इटालीका लोरेन्जो पेलेग्रिनीले गरेको गोल सान्त्वना ठहरियो । 

    खेलको १७ मिनेटमा स्पेनले अग्रता बनायो । पहिलो हाफको थपिएको २ मिनेटमा टोरेसले पुनः गोल गर्दा पहिलो हाफमै २–० को अग्रता बन्यो । खेलको ८३ मिनेटमा इटालीका पेलेग्रिनीले गोल गर्दै दूरी घटाउने प्रयास गरेका थिए । यद्यपि त्यो सफल भएन । 

    यसअघि पहिलो हाफको ४२ मिनेटमा इटालीका डिफेण्डर तथा कप्तान निओनार्दो बोनुची दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाड्न बाध्य भएका थिए । 

    जितसँगै स्पेनले युरो कप सेमिफाइनल अन्तर्गत वेम्वलीमा भागेको हारको बदलासमेत लिएको छ । इटालीले आफ्नो घरेलु मैदानमा सन् १९९९ पछि पहिलो पटक हार ब्यहोरेको हो । 

    इटालीलाई हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । अब स्पेनले बेल्जियम र फ्रान्सबीचको विजेतासँग उपाधिका लागि १० अक्टोवरमा प्रतिस्पर्धा गर्नेछ । बेल्जियम र फ्रान्सबीचको दोस्रो सेमिफाइनल आज राति हुदैछ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij