Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

बेल्जियमलाई हराउँदै फ्रान्स नेसन्स लिगको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

बेल्जियमलाई हराउँदै फ्रान्स नेसन्स लिगको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

  • आश्विन २२, २०७८ शुक्रवार ०९:०४ बजे
  • 588
    SHARES
  • बेल्जियमलाई हराउँदै फ्रान्स नेसन्स लिगको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

    काठमाडौं । युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध पुनरागमन जित निकालेको छ । बिहीबार राति इटालीको टुरिन भएको खेलमा फ्रान्सले २–० ले पछि परेको स्थितिलाई उल्टाउदै ३–२ को जित निकाल्न सफल भएको हो ।

    फ्रान्सको जितमा करिम बेन्जेमा, केलियम एम्बाप्पे र थियो हर्नाण्डेजले १–१ गोल गरे । बेल्जियमका लागि यान्निक कारास्को र  रोमेलु लुकाकुले १–१ गोल गरे । 

    खेलको ३७ मिनेटमा यान्निक र ४० मिनेटमा लुकाकुले गोल गर्दै पहिलो हाफमा बेल्जियमलाई २–० ले अग्रता दिलाए  । दोस्रो हाफमा फ्रान्सले एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पुनरागमन जित निकाल्यो । एम्बाप्पेले १ गोल र १ पास मिलाए । 

    एम्बाप्पेको पासमा बेन्जेमाले ६२, एम्बाप्पेले ६९ र थियो हर्नान्डेजले ९० मिनेटमा गोल गरेका थिए । अब उपाधिका लागि फ्रान्सले स्पेनसँग खेल्नेछ   । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij